हेटौडाको ओम्याक्स हलमा भिषण आगलागी (लाइभ भिडियो)



रंगखबर , काठमाडौँ – प्रदेश नम्बर ३ हेटौडाको ओम्याक्स हलमा भिषण आगलागी भएको छ । वितरक/निर्माता नरेन्द्र महर्जनको उक्त हलमा बिद्धुतीय तार सट भएर आगलागी भएको बताइएको छ ।

हलको आगो निभाउन दुई ओटा दमकल मगाइएको जिल्ला प्रहरी कार्यलय मकवानपुर बताएको छ । विहान १० बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हलमा अहिले नेपाली फिल्म ‘कायरा’ प्रदर्शनरत छ । विहानी शोज नभएकाले मानवीय क्षति भने भएको छैन । र क्षतिको पूर्ण विवरण आउँन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्