पूजाको आरोप प्रति किन मौन छिन निकिता ?



रंगखबर, काठमाडौँ- अहिले नेपाली सिने नगरीमा एउटा खबरले राम्रै गती र स्थान पाई रहेको छ । त्यो हो अभिनेत्री पूजा शर्माले चलचित्र विकाश बोर्ड अध्यक्ष निकिता पौडेल माथि लगाएको आरोप । उनले बोर्ड अध्यक्ष निकितालाई आफ्नो फिल्म ‘रामकहानी’सँग अर्को फिल्म ‘रोजी’ एकै मितिमा भिडाउदा आफुलाई अन्याय भएको बताउदै सामाजिक संजाल फेसबुकमा हिजो मात्र लामो स्टाटस लेखेकी थिईन । उनले फेसबुकमा स्टाटस मात्र लेखिनन अध्यक्ष पौडेलको सोच र पदमा बस्नु आपत्तिको विषय भएको आरोप पनि लगाएकी छिन् । निकितालाई पूजाले महिला भएर महिलाको फिल्मसँग जुध्न आउनु अध्यक्ष पौडेलले योजना बुनेकोसमेत पूजाले उल्लेख गरेकी छिन् । पौडेलले नेपाली चलचित्रको विकास भन्दा पनि विनाश गरेको आरोप पूजाको स्टाटसमा झल्किन्छ ।

यति सम्मको आरोप लगाउँदा पनि  बोर्ड अध्यक्ष अहिले सम्म पनि मौन नै छिन । उनले किन पूजाको आरोप प्रति केहि पनि प्रतिक्रिया जनाएकी छैनन् भन्ने बारे अहिले सबैको चासोको विषय बनेको छ । के पूजाको यस्तो आरोपको उनले जवाफ दिन आवश्यक ठानिनन् कि उनि सहि समयको प्रतिक्षामा छिन त्यो भने निकितालाई नै थाहा होला । दुवै फिल्म ‘रामकहानी’ र ‘रोजी’ यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्