निकिताले दिईन पूजालाई जवाफ !



रंगखबर, काठमाडौँ- अहिले नेपाली सिने नगरीमा एउटा खबरले राम्रै गती र स्थान पाई रहेको छ । त्यो हो अभिनेत्री पूजा शर्माले चलचित्र विकाश बोर्ड अध्यक्ष निकिता पौडेल माथि लगाएको आरोप । उनले बोर्ड अध्यक्ष निकितालाई आफ्नो फिल्म ‘रामकहानी’सँग अर्को फिल्म ‘रोजी’ एकै मितिमा भिडाउदा आफुलाई अन्याय भएको बताउदै सामाजिक संजाल फेसबुकमा हिजो मात्र लामो स्टाटस लेखेकी थिईन ।

उनले फेसबुकमा स्टाटस मात्र लेखिनन अध्यक्ष पौडेलको सोच र पदमा बस्नु आपत्तिको विषय भएको आरोप पनि लगाएकी छिन् । निकितालाई पूजाले महिला भएर महिलाको फिल्मसँग जुध्न आउनु अध्यक्ष पौडेलले योजना बुनेकोसमेत पूजाले उल्लेख गरेकी छिन् । पौडेलले नेपाली चलचित्रको विकास भन्दा पनि विनाश गरेको आरोप पूजाको स्टाटसमा झल्किन्छ । पूजाको स्टाटस यस्तो छ :

अहिले भने बोर्ड अध्यक्ष निकिताले आफुलाई लागेको आरोप प्रति प्रतिक्रिया जनाएकी छिन । निकिता भन्छिन ‘मलाई पूजाले एक कल गरेको भए हुन्थ्यो । अरुको कुरा सुनेर आरोप लगाउँदा चित्त दुख्यो’, अध्यक्ष पौडेलले भनिन्, ‘वोर्ड अध्यक्षको नाताले मैंले दुवै पक्षसँग समन्वय गर्न सक्थें ।’ उनि थप्छिन ‘पर्व’ देखि टिभी फिल्मीबाट आफैले फिल्म निर्माण गर्दै आए पनि ‘रोजी’मा कुनै पनि किसिमले मआफु सामेल रहेको छैन ।’

दुवै फिल्म ‘रामकहानी’ र ‘रोजी’ यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्