‘रामकहानी’ र ‘रोजी’को भिडन्तबाट पछाडी सर्यो ‘सुश्री सम्पति’



रंगखबर , काठमाडौँ – आउँदै गरेको महाभिडन्तबाट सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने अभिनित ‘सुश्री सम्पति’ले हात झिकेको छ । भदौ २२ मितिबाट सरेको ‘सुश्री सम्पति’ अब मंसीर २८ मा प्रदर्शन हुनेछ ।

भदौ २२ को मितिमा भने प्रदीप खड्काको ‘रोजी’ र पूजा शर्माको ‘रामकहानी’ भिड्नेछन् । यी दुई भिडाइले फिल्म उद्योगमा तरंग ल्याएको छ । यहिँ मितिको ‘सुश्री सम्पति’को भने चर्चा कम थियो । अन्तत: ‘सेभ ल्याण्डिङ’ खोज्दै सुब्रत आचार्य निर्देशित फिल्म ३ महिना पछाडी धकेलिएको हो ।

फिल्मको एक गीत र पोस्टर पनि सार्वजनिक भैसकेको छ । जुन गीतलाई दर्शक/श्रोताले रुचाइसकेका छन् । हाल पोस्टप्रोडक्सनमा रहेको फिल्ममा भरत रेग्मीको सम्पादन र शिवराम श्रेष्ठको छायाँकन छ । फिल्मलाई रमेश  त्वायना, बिज्ञान राई, नुनम सुब्बा र रमण शिलाकरको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्