प्रदिपले पूजाको ‘रामकहानी’ प्रमोसन गर्ने



रंगखबर, काठमाडौँ- फिल्म प्रेमगीतको सफलता पछि एकाएक चर्चामा आएका कलाकारहरु हुन् प्रदिप खड्का र पूजा शर्मा । फिल्मको सफलतासँगै यी दुईको हाईप यति सम्म बढ्योकि अहिले सम्म पनि दूईले पछाडी फर्केर हेर्नु परेको छैन । हुन त प्रेमगीतमा अभिनय गर्नु अघि दुईले केहि फिल्ममा छुट्टा छुट्टै काम गरिसकेका थिए तर सफलता भने दुवैले पाएका थिएनन । सन्तोष सेनको निर्माण र सुदर्शन थापाको निर्देशनमा बनेको प्रेमगीत प्रदर्शन पछि यी दुईलाई दर्शकहरुले यति धेरै मन पराई सकेका छन की अहिले सम्म पनि प्रेम गीत कै नामले यो जोडी चर्चित छ ।

फिल्म प्रदर्शन पश्चात् ब्यतिगत कारणले मनमुटाव भई एक अर्काको नाम सम्म सुन्न मन नपराउने यी दुई पुन; एक चोटी आमने सामने हुदैछन । अब यी दुईले अभिनय गरेको फिल्म ‘रामकहानी’ र ‘रोजी’ एकै साथ भदौ २२ मा प्रदर्शन हुदैछ । आइतबार फिल्म रोजीका निर्माण टिमले पत्रकार सम्मेलन गरी फिल्मको बारे अझ बढी जानकारी दिएको थियो । कार्यक्रममा रोजी र रामकहानी एकसाथ आउनुमा प्रदिपको मुख्य भूमिका रहेको हो भन्ने प्रश्नमा प्रदिप भन्छन ‘ यो कुरामा मेरो कुनै भूमिका  नरहेको र पूजाको फिल्म र रोजी एकसाथ आउँदा दुवैलाई फाइदा हुनेछ । उनि थप्छन बरु सँगै हल-हल जाउँला सँगै फिल्मको प्रमोसन गरौँला ।’

भिडियो हेर्नुस :

लामो समय पछि एक साथ छुट्टा-छुट्टै फिल्ममा देखा पर्न लागेका यी दुई मध्यॆ कसको फिल्मलाई दर्शकले बढी रुचाउलान भन्ने बारे अहिले चर्चाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्