हल संख्यामा अगाडी ‘जय शम्भु’, थपिए अरु २३ हल



रंगखबर, काठमाडौँ – तीन नेपाली र तीन विदेशी फिल्मको भिडमा प्रदर्शनमा आएको फिल्म ‘जय शम्भु’ले शनिबारदेखि आफ्नो पक्षमा हल संख्या बढाउन सफल भएको छ ।

वितरक कम्पनी एफडीले दिएको जानकारी अनुसार प्रदर्शनको दोस्रो दिन फिल्मले राजधानी बाहिर २३ हल थप्न सफल भएको छ । भने, राजधानीका सिंगल स्टेसनलगायतका हलमा ‘जय शम्भु’लाई ठुलो पर्दामा सारिएको छ । यो शुक्रबार प्रदर्शनमा आएका अन्य तीन फिल्म भन्दा ‘जय शम्भु’ले नै सुरुवाती दिनमा सर्वाधिक हल पाएको थियो ।

शुक्रबार फिल्मलाई राजधानीमा २० र बाहिर ५३ हल दिइएको थियो । अब अलनेपाल ‘जय शम्भु’को हल संख्या ९६ पुगेको छ । बलिउडको ‘गोल्ड’ र ‘सत्यमेव जयते’, नेपाली ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘१२ मासे’सँगको प्रतिस्प्रर्धामा ‘जय शम्भु’को हल संख्यालाई उत्साहजनक मान्न सकिन्छ ।

त्रिकोणात्मक एक्सन लभस्टोरी फिल्ममा अनुपबिक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । दिनेश शाहीले निर्माण गरेको फिल्मलाई रुपेश तामाङ (थिङ)ले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्