अष्ट्रेलियाका दर्शकले मन पराए ‘बाँध मायाले’लाई



 रंगखबर, काठमाडौँ- आर्यन अधिकारी तथा सृस्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘बाँध मायाले’ को पहिलो वर्ल्ड प्रिमियर गरिएको छ। अगस्टको १८मा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा प्रिमियर गरिएको हो। जसमा नायक आर्यन उपस्थित थिए।

यसका साथै आइतबार पनि प्रिमियर राखिएको छ। अष्ट्रेलिया पछि यही अगस्ट २८ तारिखमा ‘बाँध मायाले’को शो अमेरिकास्थित सान्फ्रान्सिस्कोमा हुँदैछ । त्यहाँ पनि आर्यन सहभागी हुनेछन् ।

लभ स्टोरीमा आधारित ‘बाँध मायाले’ लाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन्। चलचित्रमा आर्यन र सृष्टिका अलावा  राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव नायक किशोर खड्काको अभिनय छ ।नेपालमा भने  ‘बाँध मायाले’ असोज ५ गतेबाट  प्रदर्शनमा  आउँदैछ । चलचित्रलाई रामहरी धिताल र बिभिषिका श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन्।

यो पनि हेर्नुस :

प्रतिक्रिया दिनुहोस्