चंगा चेटको ‘गोजीमा दाम छैन’ सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- चलचित्र चंगा चेटको पहिलो गीत सार्वजनिक छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनका बीच ‘गोजीमा दाम छैन’बोलको गीत निर्माणले टिमले सार्वजनिक गरेको हो । राजनराज सिवाकोटीको राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतमा मेलिना राईले पनि आवाज दिएकि छिन। गीतमा  हरिहर तिमल्सिनाको शब्द रहेको छ । प्रियंका कार्की र आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राणा र सन्दिप क्षेत्री तथा सुरक्षा पन्त र रविन्द्र झाको जोडदार नृत्य रहेको गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

यहि कार्तिक १६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा दिपेन्द्र के खनालको निर्देशन एवम्  माधव वाग्ले र सर्मिला पाण्डेको लगानी रहेको छ ।

गीत हेर्नुस :

 

प्रतिक्रिया दिनुहोस्