फुल टिपेर ‘ड्रिम गर्ल’लाई (भिडियो)



रंगखबर, काठमाडौँ – फिल्म ‘ड्रिम गर्ल’को दोस्रो गीत सार्वजनिक भएको छ । ऋषिराज आचार्यको शब्द सिर्जना, अर्जुन पोखरेलको संगीत रहेको गीतमा आकाश श्रेष्ठ, आश्मा गिरी र विल्सनबिक्रम राईले नृत्य पस्केका छन् । भने, स्वरमा संगीतकार पोखरेलसँग दुर्गा खरेलले सहकार्य गरेकी छन् ।

ऋषिराज आचार्यको लेखन तथा निर्देशित ‘ड्रिम गर्ल’लाई अर्जुन शर्मा, रामेश्वर धिताल र निर्देशक स्वयम्ले निर्माण गरेका हुन् । फिल्ममा आकाश, आश्मा र विल्सनबिक्रमका अलावा सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरबीर पण्डित, पूजा पराजुली,  शिशिर भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन् ।

असोज १९ गते रिलिज हुने फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, गम्भीर बिष्टको कोरियोग्राफी र राहुल राई/रामेश्वर हुमागाईंको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस्