‘कथा काठमाण्डू’को ‘धुलोमान्डु’ सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- दुई वटा गीत सार्वजनिक गरेर प्रतिक्षित बनेको फिल्म ‘कथा काठमाण्डू’को तेश्रो गीत सार्वजनिक भएको छ ।‘धुलोमान्डु’ बोल रहेको गीतमा  हरीबंश आचार्यको आवाज छ भने  बुलेट फ्लोले (सुरज बिक्रम थापा) फिचर्ड भएका छन् । गीतमा शब्द, संगीत तथा संगीत संयोजन सुरज बिक्रम थापा आफैको छ । गीत हेर्नुस:

अष्ट महर्जनको द्वन्द्व,  मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाको  संगीत  मित्र गुरुङको सम्पादन,लुजा सिंहको छायांकन रहेको फिल्ममा संगीता श्रेष्ठको कथा लेखन तथा निर्देशन रहेको छ ।

असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’ काठमाडौँमा बस्ने तीन भिन्नभिन्न युवाहरुको कथालाई समेटेर बनाईएको छ । फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, सन्ध्या केसी, सन्जोग अधिकारी, आयुष्मान देशराज जोशी श्रेष्ठ, प्रेक्षा अधिकारी आदि कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्