सन्नी लियोनी नेपाली फिल्ममा, अनुप हुनेछन उनको जोडी



रंगखबर, काठमाडौँ- पोर्न स्टार हुदै बलिउड कब्जा जमाई सकेकी अभिनेत्री हुन् सन्नी लियोनी । बिग बोस हुदै पूजा भट्टले निर्माण गरेको फिल्म जिस्म २ बाट बलिउड छिरेकी उनी अब भने नेपाली फिल्ममा देखा पर्ने भएकी छिन । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म पासवर्ड मार्फत उनि नेपाली सिने नगरीमा देखा पर्दै छिन । सन्नी फिल्ममा ह्यान्डसम भिलेनको ट्याग पाई सकेका अभिनेता अनुप बिक्रम शाही र हास्य अभिनेता बुद्धि तामांगसँग देखिनेछिन । सन्नीले सो फिल्मका लागि भारतिय एक करोड भन्दा बढि लिएको स्रोतले खुलाएको छ । फिल्म लण्डनमा छांयाकन हुने जानकारी पनि स्रोतले दिएको छ ।

एबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्मको छायांकन अगस्ट २६ बाट हुदैछ। बिक्रम जोशीको निर्माणले निर्माण गर्न लागेको फिल्ममा अनुप, सन्नी र बुद्धिसँगै छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगायत कलाकारको अभिनय रहने छ ।

प्रतिक्रिया दिनुहोस्