निकिता र पूजाको मिल्यो कुरा



रंगखबर, काठमाडौँ- नायिका पुजा शर्मा समय अघि आफ्नो चलचित्र ‘रामकहानी’सँग ‘रोज’ भिडाउन खोजेको भन्दै फेसबुक स्टाटस पोस्ट गरेर चलचित्र बोर्ड अध्यक्ष निकिता पौडेल प्रती आक्रोस ब्यक्त गरेकी थिइन्। सोहि विषयमा उता बोर्ड अध्यक्ष निकिता पौडेलले भने पुजाको आरोप प्रती आपत्ति जनाएकी थिइन्। यो कुराले मिडिया मा समेत ठुलै चर्चा पायो। धेरैले पुजाको आलोचना समेत गरेका थिए। पुजाले स्टाटस मार्फत निकिताले महिला भएर महिलालाई असहयोग गरेको आशय ब्यक्त गरेकी थिइन्।
प्रेमगीत मा स्क्रिन शेयर गरिसकेका पुजाका को-स्टार प्रदिप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘रोज’ लाई विकाश बोर्ड अध्यक्ष निकिताका भाई हुन्।


यो खबरले केहि समय सिनेमा नगरी तातेको थियो जसको कारण धेरैले पुजा र निकिताको सम्बन्ध सकिएको धेरैले अनुमान गरेका थिए। तर अन्तत : अभिनेत्री पूजा शर्माले बोर्ड अध्यक्ष निकिता पौडेल सँग भेटघाटको तस्बिर शोशल मिडियामा राख्दै यो अनुमानलाई गलत सावित गरिदिएकी छन्।


पुजाले फोटो पोस्ट गर्दै अरु कसैको कुरामा आएर उक्त स्टाटस पोस्ट गरेको बताएकी छन। साथै बोर्ड अध्यक्ष पौड्याल प्रति अझ सम्मान बढेको बताएकी छन्। उनले आफुहरु वीचको असमझदारी मेटिएको समेत खुलाएकी छन्।

यो पनि हेर्नुस :

प्रतिक्रिया दिनुहोस्