लभ, क्राइम, सस्पेन्स ‘रोज’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – ‘रोजी’ नाम परिवर्तन फिल्म ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप खड्का, परमिता आरएल राणा र मिरुना मगर अभिनित फिल्ममा लभ, रोमान्स, क्राइम र सस्पेन्स छ ।

निरक पौडेल निर्देशित फिल्म भदौ २२ गते रिलिज हुँदैछ । रिलिजको लागि २ साता बाँकी रहँदा सार्वजनिक ट्रेलरले दर्शकमाँझ कौतुहलता जगाउने अभिनेता खड्काले विश्वास लिएको बताए ।

भदौ २२ रिलिज डेट तोकेपछि चर्चामा रहेको फिल्म ‘रोज’ नेपाली दर्शक फिल्म उद्योगका लागि प्रतिक्षित छ । यहिँ मितिमा रिलिज हुने ‘रामकहानी’सँगको प्रतिस्प्रर्धाका कारण पनि ‘रोज’ प्रदर्शन अझ चर्चामा छ ।

फिल्ममा एलिश कार्कीको संगीत, मित्र डी गुरुङको सम्पादन, राजुबिक्रम थापाको डीओपी र केदार भुषालको लेखन छ । आर्या पौडेल र आरोही केसी फिल्मका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्