‘कस्मिक लभ’को ‘कोया कटरको’ सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ- छायांकनरत फिल्म कस्मिक लभको पहिलो गीत  भएको छ । ‘कोया कटरको’बोल रहेको उक्त गीतमा फिल्मका मुख्य पात्रहरु प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेलले कम्मर मर्काएका छन । रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गटाङ्गको आवाज रहेको उक्त गीतमा संगीत भने बाबुल गिरिको रहेको छ । दिनेश सुबेदीको शब्द रहेको गीतलाई रविन शाहले कोरियोग्राफ गरेका छन ।

https://www.youtube.com/watch?v=nauQimbzdXA

मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको तथा सुरज प्रधानको प्रस्तुति रहेको फिल्मको छायांकन अब केहि प्रतिशत मात्र बाकी रहेको जानकारी  निर्माण टिमले दिएको छ ।  जय गौतम निर्माताको रुपमा रहेको फिल्ममा  कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह निर्मातामा विकास सिंह पुजारी रहेका छन्। यस्तै फिल्ममा  एस के अधिकारी तथा शेखर ज्ञवालीको संयुक्त लेखन रहेको छ भने,संगीत बाबुल गिरी तथा गीत एस के अधिकारी र दिनेश सुवेदीको रहेको छ।

लभ स्टोरी जनरामा निर्माण  भइरहेको यो  फिल्ममा  बि एस बलामी तथा एस के. अधिकारीको निर्देशन रहेको छ। फिल्ममा प्रशान्त ताम्राकार,दिया मास्के,अर्पण थापा,रिजन थापा,पुजन थापा,रोबिन तामांग,राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरु अभिनय छ। फिल्म यहि तिहारको अवसर पारेर प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्