प्रमोसन सुरु गरेसँगै ‘बाँध मायाले’ले यस्तो ल्यायो स्किम



रंगखबर, काठमाडौँ- पुर्व मिस नेपाल सृष्टी श्रेष्ठ र अभिनेता आर्यन अधिकारीले सँगै अभिनय गरेको फिल्म ‘बाँध मायाले’ले प्रचार-प्रसार सुरु गरेको छ ।  विशेषतः सामाजिक सञ्जाल फेसबकुमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचार सुरु गरिएको हो । निर्देशक सविर श्रेष्ठले बताए अनुसार प्रत्येक दुइ दिनमा फिल्म ‘बाँध मायाले’ को एउटा प्रश्न फिल्मको फेसबुक पेज सोधिनेछ । सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठ बताउँछन् । ‘फिल्म हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार गरिरहनेछौं’, सविर भन्छन् ।

यहि असोज ५ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्ममा रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठको लगानी रहेको छ । आर्यन र सृष्टीसँगै फिल्ममा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंगको पनि मुख्य भूमिका रहेको छ ।

फिल्म सम्बधी आजको प्रश्न यस प्रकार रहेको छ :

अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टी श्रेष्ठले पहिलो पटक अभिनय गरेको फिल्म कुन हो ?

 

प्रतिक्रिया दिनुहोस्