यसकुमारको निर्देशनमा ‘छिरिङ’को टिजर सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ-  निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ को टीजर सार्वजनिक भएको छ। टीजरमा मुख्य कालकारहरु निमा रुम्बा र डेब्यु  एक्ट्रेस कामना भूजेल तथा  यशकुमारलाई देखाइएको छ। रिदम फिल्म्सको ब्यानरमा  निर्माण भएको चलचित्र ‘छिरिङ’ को एक्सनले भरिपूर्ण टीजरमा चलचित्र मुस्ताङ्गका विभिन्न मनोरम ठाउँहरुमा दृश्यांकन  गरिएको देख्न सकिन्छ।

प्रोमो हेर्नुस:

गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु  गरेको यो चलचित्रमा  सबिर श्रेष्ठको कथा छ भने, स्क्रिनप्ले यश कुमार  र याम थापाको ,चन्द्र पन्तको द्वन्द निर्देशन छ।

यसै चलचित्र मार्फत कागबेनी रिलिजको दशकभन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाले  कमब्याक गरेका छन्।  ‘छिरिंगमा’ दुई पति भएकी एक युवतीले गर्नु परेको  भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको कथा वस्तु समावेश छ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी  मानकृष्ण महर्जनको छायांकन तथा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन छ । चलचित्र आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा  रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्