‘क्याप्टेन’को इन्ड क्ल्याप



रंगखबर, काठमाडौँ- यहि कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने भनी चर्चामा रहेको ,अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको सम्पूर्ण  छायांकन  सकिएको  छ। निर्माण टीमले  चलचित्रको ६० दिन लगाएर छायांकन सकाएको हो।

चलचित्रमा पहिलो पटक अनमोललाई पृथक भूमिका निर्वाह गरेको देख्न सकिने छ।
हालै  सार्वजनिक गरिएको  क्याप्टेनको पोस्टरमा समेत उनि खेलाडीका रुपमा फिचर्ड छन्।   सधैँ जसो लभस्टोरीमा आधारित चलचित्रमा देखा पर्ने अनमोलले  यसपटक भने फरकधारको चलचित्रमा पृथक भूमिका निर्वाह गरेका हुन्।

एउटा युवाले साधारण परिवारबाट हुर्किएर राष्ट्रिय स्तरको खेलाडी बन्न गर्नु पर्ने संघर्षको चित्रण चलचित्र  क्याप्टेनले गरेको छ,जहाँ साधारण गाउँले युवाको भूमिकामा अनमोल छन्।

अनमोलका अलावा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका दिग्गज कलाकारले उनलाई अभिनयमा साथ दिएका छन्। चलचित्रमा दुई नव कलाकारहरु उपासना सिंह ठकुरी, प्रियंका एमभीले डेब्यु गरेका छन्।


भुवन केसीको निर्माण रहेको चलचित्रलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् ,अर्जुन पोखरेलको संगीत, चन्द्र पन्तको द्वन्द  र  कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्