म्युजिकल लभस्टोरी: ‘अनुराग’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – अशोज १२ रिलिज डेट: फिल्म ‘अनुराग’को ट्रेलर रिलिज भएको छ । सत्यराज चौलागाईंको डेब्यु निर्देशनको ट्रेलर म्युजिकल लभस्टोरी बनेको छ । निर्देशक चौलागाईंले अघिल्लो वर्ष ‘म यस्तो गीत गाउँछु’मा सहायक निर्देशकको भूमिका निर्वाह गरेका थिए ।

संचारकर्मी ऋषि धमलाको प्रस्तुति रहेको फिल्ममा उनकै पत्नी एलिजा गौतमले मुख्य भूमिका निर्वाह गरेकी छन् । भने, अपोजिटमा समुन्द्र पण्डित छन् । यी दुवैका लागि ‘अनुराग’ डेब्यु फिल्म हो ।



फिल्मको क्लब र रोमान्टिक सङ रिलिज भैसकेका छन् । ऋषि धमलाको प्रस्तुति र उनकी पत्नीको अभिनय रहेका कारण ‘अनुराग’ घोषणादेखि नै चर्चामा थियो । यहिँ फिल्मबाट अभिनेता पल शाहले अन्तिम समयमा हात झिकेका थिए ।

किरण दाहालको कथा, निर्देशक चौलागाईं/आगत केसीको पटकथा संवाद रहेको फिल्ममा थिलेन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

ताराप्रकाश लिम्बु र सरोज पोखरेलले संगीत दिएको फिल्ममा विक्रम स्वाँर/प्रवीण सिंहको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन र राजकुमार केसीको डिओपी छ ।

प्रतिक्रिया दिनुहोस्