बक्सअफिस: पहिलो सातामै ‘नाई नभन्नु ल ५’ सुरक्षित



रंगखबर, काठमाडौँ – ‘नाई नभन्नु ल’ सिरिजको पाँचौ सृंखलाले पहिलो सातामा लगानी सुरक्षित गर्दै नाफाको बाटोमा लम्किएको छ । विकासराज आचार्य निर्देशित फिल्मको बक्सअफिस कलेक्सनमा लामो विदा र प्रतिस्प्रर्धि फिल्म बलियो नहुनु मुख्य कारण बने ।

समिक्षकबाट गाली खाएपनि ‘नाई नभन्नु ल ५’लाई दर्शकले राम्रै साथ दिइरहेका छन् । वितरक सुनिल मानन्धरले दिएको बक्सअफिस रिपोर्ट अनुसार फिल्मले पहिलो साता घरेलु पर्दामा ३ करोड ७० लाख ग्रस् कलेक्सन गर्न सफल भयो । दोस्रो सातामा पनि ठुला फिल्म रिलिज नहुनाले ‘नाई नभन्नु ल ५’ वर्षको पहिलो हिट फिल्म बन्नेमा शंका छैन ।

कमजोर प्रचारका वावजुत रिलिज भएको फिल्मले ब्राण्डलाई मात खुवाउँदै कमजोर सुरुवात गरेको थियो । तर, दोसो दिनदेखि उकालो लागेको बक्सअफिस रेस अहिले पनि स्थिरजस्तै छ । वितरकले दोस्रो साताको दर्शक चापलाई पनि राम्रो भनेका छन् ।

सामिप्यराज तिमिल्सिनाको कथामा निर्माण भएको फिल्ममा अनुभव रेग्मी, सेड्रीना शर्मा, स्वस्तिमा खड्का, अभिषेक नेपाल, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा निरुता सिंहले अतिथि भूमिका निर्वाह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्