कमेडी प्याक्ड ‘जय भोले’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – कमेडी फिल्म ‘जय भोले’को ट्रेलर रिलिज भएको छ । अशोक शर्मा निर्देशित फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्दि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरीलगायतका कलाकारको अभिनय छ ।

स्वस्तिमाले निभाएको पात्र वरिपरि फिल्म घुमेको ट्रेलरले झल्को दिन्छ । एक गीत र टिजरबाट ‘जय भोले’ले चर्चा कमाएको थियो । दशैँलाई रिलिज टार्गेट गरिएको फिल्म ‘छक्का पन्जा ३’सँग बक्सअफिसमा भिड्नेछ ।

फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्