‘बाँध मायाले’को डान्सिङ नम्बरमा आर्यन र सृष्टिको खुसियाली



रंगखबर, काठमाडौँ – असोज ५ गते रिलिज हुने फिल्म ‘बाँध मायाले’को डान्सिङ नम्बर सार्वजनिक भएको छ । ‘आउने जाने’ बोलको गीतमा मुख्य कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठले खुसियाली साटेका छन् । भने गीतमा राजाराम पौडेललगायतका कलाकार पनि फिचर्ड छन् ।

लोकराज अधिकारीको शब्द सृजना रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । भने गायनमा दुर्गा खरेल, धुर्व विस्को र सुरेश लाम छन् ।

सबिर श्रेष्ठ निर्देशित एक्सन लभस्टोरी फिल्ममा रविन्द्र प्रताप सेन, बिशाल चाम्लिङ र किशोर खड्काको पनि अभिनय छ । फिल्मलाई रामहरि धिताल र बिविशिका श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, राजु ढुंगानाको सम्पादन, रोशन श्रेष्ठको एक्सन र बाबु श्रेष्ठको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस्