‘रामकहानी’ र ‘रोज’मा कसले मार्यो बाजी ?



रंगखबर, काठमाडौँ – भदौ २२ का प्रतिस्प्रर्धि फिल्म ‘रामकहानी’ र ‘रोज’ले प्रदर्शनको दोस्रो दिन राम्रो व्यापार गर्न सफल भएका छन् । राम्रो हाइपका बीच रिलिज भएका फिल्मले पहिलो दिन अपेक्षाकृत व्यापार गर्न सकेनन् । तर, औसत भन्दा तल भएन । शुक्रबार दुई फिल्मले ४० देखि ५० प्रतिशत अकुपेन्सी सेट गरे ।

शनिबार भने दुवै फिल्मले शुक्रबारको तुलनामा राम्रो व्यापार गर्न सफल भए । देशैभर करिब हाउसफुलको व्यापार गरेका दुई फिल्मको प्रतिस्प्रर्धामा कुन अगाडी भन्ने पाठकमाँझ कौतुहलता अवस्य नै होला ।

दुई फिल्म मध्ये कसले मार्यो बाजी ?

दुवै फिल्मको बक्सअफिस कलेक्सन सार्वजनिक नभएपनि अकुपेन्सी र प्रतिक्रियाका आधारमा ‘रोज’ भन्दा ‘रामकहानी’ आगाडी देखिएको छ । अकुपेन्सीमा शुक्रबारदेखि नै ‘रामकहानी’ अगाडी हुँदा शनिबार पनि यसले निरन्तरता पायो । दर्शक र समिक्षात्मक पाटोमा पनि ‘रामकहानी’ बलियो देखिएको छ ।

‘रामकहानी’ औसत भन्दा राम्रो बनिरहेको प्रतिक्रिया आउँदा ‘रोज’ औसत भन्दा निक्कै तल छ । मल्टीप्लेक्समा हलिउड फिल्म ‘द नन’को चपेटामा पर्दा दुवै फिल्मले घाटा बेहोरेका छन् । आइतबारदेखि ‘रोज’को प्राप्त: शोजमा भारी गिरावट आएको छ । भने, ‘रामकहानी’ करिब यथास्थानमै छ । ‘रामकहानी’को माउथ पब्लिसिटी राम्रो भएकाले उसले आगामी दिनमा पनि उछाल मर्न सक्छ । तर, ‘रोज’को माउथ पब्लिसिटी कमजोर छ ।

सुदर्शन थापा निर्देशित लभस्टोरी कमेडी ‘रामकहानी’मा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झालगायतका कलाकारको अभिनय छ । भने निरक पौडेल निर्देशित ‘रोज’मा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा र मिरुना मगरको मुख्य भूमिका छ । ‘रोज’ क्राइम थ्रिलर जानरामा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्