यसकुमारले प्रियंकाको बेडसिनलाई पटक-पटक उडाए



रंगखबर, काठमाडौँ – प्रत्येक साता दुई वा दुई भन्दा बढी नेपाली फिल्म जुध्नु नौलो होइन । असोज १२ मा पनि तीन फिल्म प्रदर्शन हुँदैछन् । ‘कथा काठमाडौँ’, ‘अनुराग’ र ‘छिरिङ’ ।

आइतबार ‘छिरिङ’को ट्रेलर लन्च कार्यक्रममा निर्देशक तथा कलाकार यसकुमारले आफुसँग जुध्न आएका फिल्मको मजाक उडाउन भ्याए । विशेषत उनले ‘कथा काठमाडौँ’मा समावेश प्रियंका कार्कीको बेडसिनलाई केन्द्रमा पारेर बोले । आफुले निर्माण गरेका फिल्मबाट तारिफ मात्र पाएको तर, फिल्म जुध्दा घाटा बेहोरेको दुखेसो पनि पोखे ।

आफुले लक गरेको असोज १२ को मितिमा अन्य फिल्म को-भन्दा को कमको भावनाले रिलिज भएको भन्दै, ‘छिरिङ’मा बेडसिनलगायतका दर्शक लोभ्याउने दृश्य नभएको जिकिर गरे । ‘अहिले त वितरकहरुको नै फिल्म जुधाउनमा हात छ । त्यो ‘छिरिङ’ त के होर ? तामाङहरुले हेर्ने फिल्म हो । तेरोमा प्रियंका कार्कीको बेडसिन छ । तेरो फिल्म हेर्न दर्शक आउँछन् । फाड्छ, हान्छ !’ उनले ‘कथा काठमाडौँ’लाई उडाउदै भने । त्यतिबेला ‘छिरिङ’ टिमका सदस्यबाट तालीको बर्षात भयो ।

प्रतिक्रिया दिनुहोस्