साइबर क्राइममा पक्राउ परेका कलाकार ‘खनाल’ रिहा



रंगखबर, काठमाडौँ- फेसबुकमा स्टाटस रखेपछी पक्राउ परेका कलाकार देशभक्त खनाललाई प्रहरीले रिहाइ ह्गरेको छ। सामाजिक संजालमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गरेर स्टाटस राखेपछि उनि मंगलबार पक्राउ परेका थिए। ।

बुधबार उनले महानगरिय प्रहरी परिसरमा अध्यक्ष रामकेशर बोगटीसँग उप्रान्त यस्तो नगर्ने भन्दै माफी मागेपछि उनलाइ प्रहरीले रिहा गरेको हो। उनले अब बाट कसैको पनि चरित्र हत्या नगर्ने भनि कागजी सम्झौतामा दस्तखत गरेपछि प्रहरीले उनलाई छोडेको हो।

यसका साथै अभिनेता खनालले एक स्टाटसमा आबेशमा आएर उक्त स्टाटस राख्न पुगेको भन्दै अध्यक्ष बोगटीसँग क्षमा मागेका छन्।

प्रतिक्रिया दिनुहोस्