‘पेशा’को औपचारिक घोषणा



रंगखबर, काठमाडौँ- फिल्म ‘पेशा’ निर्माण हुने भएको  छ। राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण पक्षले पेशा निर्माण गर्ने औपचारिक घोषणा गरेको हो।

फायर इन्टरप्राइजेज प्रा लि को ब्यानर,रोजन रखालको प्रस्तुति तथा जीएस आलेको निर्माण रहने उक्त फिल्मलाई निर्देशक विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् भने टिकाराम रखालको लेखन रहने छ । फिल्ममा राजु जंगथापाको द्वन्द,टंक बुडाठोकी तथा  जी एस आलेको  संगीत तथा जनक पाख्रिनको नृत्य निर्देशन रहने छ।

फिल्ममा रोजन रखाल,प्रशान्त यादव,बालकृष्ण बन्जारा,पुरब बन्जारा,निशा सुनुवार,सरगम तामांग तथा अनिता रसाईलिको अभिनय रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्