‘इन्टु मिन्टु लण्डनमा’को नँया पोस्टरमा के छ नँया ?



रंगखबर, काठमाडौँ- यहि असोज ५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म इन्टु मिन्टू लन्डनमाको दुई नँया पोस्टर सार्वजनिक  भएको छ । सार्वजनिक एक पोस्टरमा लन्डनको ब्यागराउण्डमा इन्टु मिन्टू अर्थात् धिरज र साम्राज्ञी फिचर्ड छन  भने अर्को पोस्टरमा इन्टुमिन्टुसँगै अर्का नायक शारुक ताम्रकार, अर्जुन श्रेष्ठ, विजय लामा, रुवी राणा र दिलभूषण पाठक देखिएका छन ।

रेनशा वान्तवा राई निर्देशित फिल्मको सम्पूर्ण छायांकन लन्डनमा गरिएको हो । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्मको ३ वटा गीत र ट्रेलरलाई दर्शकहरुले रुचाई सकेका छन । आइकोर फिल्मको प्रस्तुती रहेको फिल्मलाई प्रभु सम्सेर राना र प्रज्वल सम्सेर रानाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्