अग्रिम बुकिङ शोजमा को अगाडी ?



रंगखबर, काठमाडौँ – यो शुक्रबार अर्थात असोज ५ गते रिलिज हुने फिल्मको लागि अग्रिम बुकिङ खुलाइएको छ । यो साता नेपाली बक्स अफिसमा ‘इन्टु मिन्टू लण्डन’ र ‘बाँध मायाले’सँगै बलिउडको ‘बत्ति गुल मिटर चालु’ प्रदर्शनमा आउनेछन् ।

मल्टीप्लेक्सका सुरुवाती शोजमा ‘बत्ति गुल मिटर चालु’ अगाडी देखिएको छ । भने, दोस्रो नम्बरमा रहेको ‘इन्टु मिन्टू लण्डनमा’ले बलिउड सोसियल ड्रामामा पच्छ्याईरहेको छ । ‘बाँध मायाले’ भने यी दुई फिल्मको तुलनामा निक्कै पछाडी छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर र सारुक ताम्राकार अभिनित फिल्मलाई क्युफएक्स चेनले देशभरका ८ ओटा स्टेसनमा १९ शोज उपलब्ध गराएको छ । भने ‘बाँध मायाले’ ७ शोज मात्र पाएको छ ।

त्यस्तै ‘इन्टु मिन्टू लण्डन’मा र ‘बाँध मायाले’लाई अन्य हलले क्रमस एफक्युब ३/२, बिएसआर ४/२, क्युज ३/१ र सिडिसीले ३/२ शोज उपलब्ध गराएका छन् । बिग मुभिजले भने बुधबार बेलुका ६ बजेसम्म अग्रिम बुकिङ खोलेको छैन ।

सबिर श्रेष्ठ निर्देशित ‘बाँध मायाले’मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । भने ‘इन्टु मिन्टू लण्डन’लाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्