पृथ्वीराज “झ्यानाकुटी झ्याई” पार्दै



रंगखबर, काठमाडौँ- किरण नेपालीको फिल्म  “डोली”को पहिलो गित ‘झ्यानाकुटी झ्याई’ बोलको गित सार्वजानिक भएको छ । लोक प्याटनमा तयार भएको यो गितमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान तथा संगिता नापित लगायतका कलाकारहरु फिचरिड. भएका छन् ।

मंसिर २८ गतेलाई रिलिज डेट तोकिएको फिल्मको गितमा हरि उप्रेतीको शब्द रहेको छ भने संगित तथा स्वरमा सि.डि बिजय अधिकारीको रहेको छ भने मेलिना राईले पनि स्वर दिएकी छिन् । श्री कृष्ण परियारको नृत्य रहेको यो गितले छोटो समयमा नै दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । चलचित्रमा अर्जुन गुरुड., नविन रेग्मी,हिमवाला गौतम,दामोदर खतिवडा,प्रशान्त भण्डारी तथा सतिश खत्रिको पनि अभिनय रहेको छ । फिल्ममा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।

गितको भिडियो –

प्रतिक्रिया दिनुहोस्