ग्राण्ड प्रिमियरमा ‘इन्टु मिन्टू लण्डनमा’लाई यस्तो प्रतिक्रिया



रंगखबर, काठमाडौँ – असोज ५ गते रिलिज हुने फिल्म ‘इन्टु मिन्टू लण्डनमा’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । राजधानीको बिग मुभिजमा सम्पन्न रेड कार्पेट प्रिमियरमा फिल्म उद्योगका चर्चित व्यक्तित्वहरुको उपस्थिति रह्यो । सिटी सेन्टरको प्राङ्गनमा सेट लगाइएको प्रिमियर हेवी देखिएको थियो ।

प्रिमियरमा उपस्थित अधिकाँस कलाकारले फिल्म राम्रो बनेको र टिमको मेहनत देखिएको प्रतिक्रिया दिए । बलिउडको म्युजिकल लभस्टोरी मन पराउने दर्शकले विशेष गरि ‘इन्टु मिन्टू लण्डनमा’ रुचाउने विश्वास पत्रकारको प्रतिक्रिया थियो । विशेष गरि फिल्मको मेकिङ, संगीत, सारुक ताम्राकार अभिनय र कलाकारको केमेस्ट्रीलाई प्रिमियरमा रुचाइयो । कतिले भने बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’को फ्लेवर दिने पनि बताए । समग्रमा फिल्मले मिश्रीत प्रतिक्रिया पायो ।

नेपाली फिल्मी गीतमा कोरियोग्राफी मार्फत लोकप्रियता कमाएकी रेनशा वान्तवा राईले पहिलो पल्ट निर्देशनमा हात हालेकी हुन् । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर र सारुक ताम्राकारको मुख्य भूमिका छ ।

आइकोर फिल्मको व्यानरमा निर्मित फिल्म भोलि शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ । मल्टीप्लेक्समा बुधबारै खोलिएको बुकिङमा राम्रो प्रदर्शन गरेको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्