दुई फिल्मलाई उछिन्दै अस्करमा ‘पंचायत’



रंगखबर, काठमाडौँ – अस्कर अवार्ड २०१९ को लागि नेपालबाट विदेशी भाषी फिल्मको विधामा ‘पंचायत’ छनोट भएको छ । गत वर्ष प्रदर्शन भएका फिल्म मध्ये शिवम अधिकारी निर्देशित ‘पंचायत’सँगै साम्तेन भुटिया निर्देशित ‘तान्द्रो’ र तासिओकी इतोह निर्देशित ‘माइ लभ : प्रमिस फर काठमाण्डू’ पनि मनोनित थिए ।

कथावस्तु, चरित्र, सन्देश र प्रविधिगत गुणका आधारमा पञ्चायतलाई अस्करमा सिफारिस गरिएको समिति सचिव चिरञ्जीवि गुरागाइँले बताए । यो वर्ष अस्कर सक्षम फिल्म कम हुँदा ‘पंचायत’ले यसको फाइदा उठाएको छ । राजतन्त्र कायमै रहेको र निर्दलीय शासन लागु भएको समयमा महिला मनोविज्ञानमा आधारित फिल्ममा सरोज खनाल र नीता ढुंगानाले मुख्य भूमिका निर्वाह गरेका छन् ।

व्यापारिक रुपमा कमजोर भएपनि दर्शकले ‘पंचायत’लाई रुचाएका थिए । तर, समिक्षात्मक रुपमा फिल्म एभरेज थियो ।जनवरी २२ मा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले अस्कर मनोनयन सार्र्वजनिक गर्दैछ भने २४ फेव्रुअरीमा अवार्ड वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्