‘इन्टु मिन्टू लण्डनमा’को बम्पर ओपनिङ, पहिलो दिनको ग्रस सार्वजनिक



रंगखबर, काठमाडौँ – आज शुक्रबारबाट प्रदर्शनमा आएको म्युजिकल लभस्टोरी ‘इन्टु मिन्टू लण्डनमा’ले बम्पर ओपनिङ गरेको छ । प्रदर्शनपुर्व गीत/संगीत र ट्रेलरबाट पाएको हाइपले गर्दा फिल्म बक्स अफिसमा पहिलो दिननै प्रभावशाली देखिएको छ ।

पहिलो दिन सिंगलदेखि मल्टीप्लेक्समा ६०-८० प्रतिशत अकुपेन्सी कायम गर्दा फिल्मले यो सफलता क्यास गर्न सफल भएको हो । वितरक मनोज राठीले दिएको जानकारी अनुसार पहिलो दिनको अनुमानित ग्रस कलेक्सन ७० लाख आसपास बताइएको छ ।

फिल्मलाई विशेष गरि मल्टीप्लेक्सबाट फाइदा मिलेको छ । यो वर्ष प्रदर्शनमा आएका फिल्म मध्ये मल्टीप्लेक्समा रेनशा वान्तवा राई डेब्यु निर्देशित फिल्मले उच्च व्यापार गरेको बताइएको छ । फिल्मले राजधानीका हलबाट ४५ लाख बढी ग्रस कलेक्सन र मोफसलबाट २५ लाख आसपास कलेक्सन गरेको रिपोर्ट छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर र सारुक ताम्राकारको केन्द्रिय भूमिका रहेको फिल्मले शनिबार करोड माथिको कलेक्सन गर्ने आशा गरिएको छ । मल्टीप्लेक्समा शनिबारका शोज शुक्रबारै भरिभराउ छन् । माउथ पब्लिसिटी कमजोर रहेपनि पहिलो विकेन्डमा फिल्मले बम्पर कमाई गर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्