‘निर्जला’को दशैँ गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – आगामी दशैँ लक्षित गरेर फिल्म ‘निर्जला’को दशैँ गीत सार्वजनिक गरिएको छ । ‘यसपालीको दशैँमा’ बोलको गीतमा किशोर खतिवडा, सुभेक्षा थापालगायतका कलाकार फिचर्ड छन् ।

दिनेश सुवेदीको शब्द रहेको गीतमा बबुल गिरीको स्वर र संगीत छ । स्वरमा बबुललाई सुजाता वर्माले सघाएकी छन् । राजु गिरी निर्देशित फिल्म असोज १९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्