वर्मा फोकस, ‘दि कर्मा’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ – ‘मिस्टर इन्डिया २०१७’का विजेता करण वर्माको अभिनय रहेको फिल्म ‘दि कर्मा’को फस्टलूक टिजरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

देवकुमार श्रेष्ठ निर्देशित फिल्मको टिजर कलाकार वर्मा मात्र फिचर्ड छन् । उनको सुगठित शरीरलाई टिजरमा फोकस गरिएको छ । जसले गर्दा फिल्मले एक्सनलाई विशेष प्राथमिकता दिएको हुन् सक्ने अनुमान गर्न सकिन्छ । फिल्मको प्रदर्शन मिति भने मंसीर ७ लाई तोकिएको छ ।

फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको पनि अभिनय छ । जय राज रायले निर्माण गरेको फिल्ममा निशा खतिवडा निर्मात्रीको रुपमा छिन् ।

https://youtu.be/wxkAZO3YeMY

प्रतिक्रिया दिनुहोस्