‘छक्का पन्जा ३’को ट्रेलरसँगै बाहिरियो रिलिज मिति



रंगखबर, काठमाडौँ – बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै फिल्मको आधिकारिक रिलिज डेट पनि बाहिरिएको छ । अब दीपाश्री निरौला निर्देशित कमेडी ड्रामा असोज २४ गते घटस्थापनाका दिन रिलिज हुनेछ । दशैँको विदा खानलाई फिल्म बुधबारै हलहलमा पुग्नेछ ।

‘छक्का पन्जा’ सिरिज नेपाली बक्स अफिसमा सर्वाधिक कमाउनेको पहिलो स्थानमा छ । फिल्मका दुई गीत र अफिसियल पोस्टर सार्वजनिक भैसकेका छन् ।

दीपकराज गिरी, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

‘छक्का पन्जा ३’मा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्