टर्यो महाभिडन्त, ‘जय भोले’को पोस्टरसँगै रिलिज मिति तय



रंगखबर, काठमाडौँ – दशैँमा सम्भावित ‘छक्का पन्जा ३’ र ‘जय भोले’को महाभिडन्त टरेको छ । दुवै फिल्ममा एकै मितिमा आउँने खबरले फिल्मवृत तताइरहेका बेला ‘जय भोले’ टिमले अफिसियल पोस्टर सार्वजनिक गर्दै ‘छक्का पन्जा ३’सँगको भिडन्तलाई पन्छ्याएको छ ।

केहि दिन मात्र सार्वजनिक ‘छक्का पन्जा ३’को ट्रेलरमा, उसले रिलिज मिति असोज २४ लाई तोकेको थियो । अब ‘जय भोले’ फूलपातीको असवर पारेर असोज ३० मा रिलिज हुनेछ । यसो गर्दा ‘छक्का पन्जा ३’ले १ साता सोलो रिलिज पाउनेछ । भने दोस्रो सातामा दुवै फिल्मको टक्कर पर्नेछ । फूलपातीदेखि विजया दशमीसम्मको विदामा दुई फिल्मले दर्शक रिझाउने छन् ।

‘जय भोले’को सार्वजनिक पोस्टरमा फिल्मका केन्द्रियदेखि मुख्य कलाकार सबैजसो अटाएका छन् । ५ केन्द्रिय कलाकारसहितको पोस्टरसँगै १५ कलाकारसम्म अटाएका पोस्टर पनि तयार गरिएको छ । जसले गर्दा फिल्म कमर्सेल्ली पावरफुल बनाउन खोजेको बुझ्न सकिन्छ ।

अशोक शर्मा निर्देशित फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्दि तामाङ, सलोन बस्नेत, लक्ष्मी गिरी, जयनन्द लामा, बसुन्धरा भुसाल, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्