हाम्रो सुन्दरता हामीलाई नै अभिषाप किन ? – रेखा थापा



रंगखबर, काठमाडौँ – कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछिको हत्याले देशमा ठुलै क्रान्ती ल्यायो । घटना घटेको २ महिना बित्दा पनि अपराधीलाई सरकारले सजाए दिन सकेको छैन । र उनको न्यायको आवाजहरु अझै पनि रोकिएका छैनन् ।

निर्मला काण्ड सेलाउन नपाउदै देशमा पुन: महिला हिँसाको अर्को रुप भाइरल भैरहेको छ । रौतहटकी किशोरी सम्झना दासलाई एसिड आक्रमण भयो । १२ दिन पछि उनको मृत्यु भयो । उनको मृत्यु भएको पिडा सेलाउन नपाउदै कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारमाथि एसिड र छुरा प्रहार गरेको खबर बाहिरियो ।

दिन-प्रतिदिन महिला हिँसाका घटनाले डरलाग्दो रुप लिदा देशबासीमा भय पैदा भएको छ । यसको डर र त्रासले कुनै पनि क्षेत्रलाई छोडेको छैन । र अहिले फिल्म उद्योगमा पनि महिला हिँसा विरोधी आवाज उठ्न थालेका छन् । एसिड आक्रमणका समाचार सम्प्रेसन भैरहेका बेला अभिनेत्री/निर्देशक रेखा थापाले लामो स्टाटस लेख्दै महिला हिँसाले निम्त्याएको डर र दुख निम्त्याएको प्रष्ट पारेकी छन्।

यस्ता घटनाले आफुमा अथाह आक्रोस र आँशु पैदा गर्ने भन्दै एसिड आक्रमण जस्तो डरलाग्दो महिला हिँसा विरुद्द ‘रुद्रप्रिया’ बनेको स्मरण गरेकी छन् । अहिले एसिड आक्रमणमा परेका महिलाहरु तल्लो जातका भैदिदा विरोधमा आवाज पनि नउठेकोमा उनले दुखेसोसमेत पोखेकी छन् ।

महिला प्रधान फिल्म निर्माण गर्दै आइरहेकी रेखाले पछिल्लो समय समाजमा महिलाप्रति हुने हिँसाका विषयलाई पनि उठाउदै आएकी छन् । ‘रुद्रप्रिया’ एसिड आक्रमणमा परेकी महिलामा आधारित थियो भने आगामी फिल्म ‘मालिका’ बालविवाह विरुद्दमा छ ।

रेखा आफैले निर्देशन गरेको ‘मालिका’ आगामी लक्ष्मीपूजाका दिन रिलिज हुँदैछ । फिल्ममा जाजरकोटको बालिका कमला वलीको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्