भरपुर भिएफएक्स प्रयोग गरिएको ‘नालापानी’ टिजर रिलिज



रंगखबर, काठमाडौँ – बिर गोर्खालीको गाथा नालापानी युद्दमा आधारित फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । अत्याधिक भिएफएक्स प्रयोग गरिएको फिल्मको टिजर राम्रो बनेको छ ।

नेपालमा एतिहाँसिक गाथाका फिल्म उलेख्य मात्रामा बन्दैनन । जति बनेका छन्, ति फिल्मले दर्शक मन जित्न सकेका छैनन् । तर, ‘नालापानी’को टिजरले फिल्म केहि हदसम्म राम्रो बनेको संकेत गर्छ । बिग बजेटमा निर्माण गरिएको फिल्मलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् ।

फिल्ममा अर्जुन जंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य, जनक बर्तौला, सुशील खड्का, हिक्मत थपलिया, गीता अधिकारी, गीता बिष्ट, बिराज थपलिया, अल्पन कर्माचार्यलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा कृष्ण आचार्य/रिमेश अधिकारीको स्क्रिप्ट, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, बिपिन मल्लको सम्पादन र रामशरण उप्रेतीको छायाँकन छ । पद्माकुमारी फिल्मस प्रालीको व्यानरसँग गंगा नारायण फिल्मस प्रोडक्सनको सहकार्य रहेको फिल्ममा मनोज शाक्यको लगानी । फिल्मको सहनिर्मातामा गणेश कार्की छन् । ‘नालापानी’को रिलिज मिति भने तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्