प्रमोसनल गीत: घटस्थापनाको दिन, ‘छक्का पन्जा ३’



रंगखबर, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा ३’को प्रमोसनल गीत सार्वजनिक गरिएको छ । भिडियोमा निर्देशक दीपाश्री निरौलासहित कलाकार दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल फिचर्ड छन् ।

हिट गीत ‘पहिलो नम्बरमा’को फ्लेवरमा तयार पारिएको गीत कमेडी छ । जसको लेखन केदार घिमिरेले गरेका हुन् । ‘छक्का पन्जा ३,’ घटस्थापनाको दिन’ शिर्षक दिइएको गीतमा दीपक शर्माको संगीत, डेभिड शंकरको स्वर र भिडियोमा प्रस्तुत भएका कलाकारहरुको र्याप समावेश छ ।

असोज २४ गते रिलिज हुने फिल्ममा दीपकराज गिरी, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

‘छक्का पन्जा ३’मा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्