हिट भनिएका फिल्म पनि ५० लाख घाटामा – सुनिल मानन्धर



रंगखबर, काठमाडौँ – वितरक सुनिल मानन्धरले हिट भनिएका नेपाली फिल्महरु पनि घाटामा रहेको उल्लेख गरेका छन् । बुधबार फिल्म ‘प्रेमलीला’को प्रेसमिटलाई सम्बोधन गर्ने क्रममा उनले सयमा ९० प्रतिशत फिल्म डुबिरहेको बताए ।

उनले भने ‘५ प्रतिशत फिल्मले लगानी सुरक्षित गर्छन, ५ प्रतिशतले नाफा कमाउछन्। ९० प्रतिशत फिल्म डुबिरहेको अवस्था छ । अहिले हिट भनिएका फिल्मले पनि ५० लाख बढीको घाटा बेहोरिरहेका छन् ।’

पत्रकारले प्रश्न राखेपछि मानन्धरले, आफुले वितरणको जिम्मा लिएका केहि फिल्मको कलेक्सनमा सहि थापे । उनका अनुसार फिल्म ‘भैरे’ले अलनेपाल ८५ लाख ग्रस कलेक्सन गर्न सफल भएको थियो । त्यस्तै ‘कायरा’को लाइफटाइम ग्रस कलेक्सन १ करोड ९६ लाख, ‘रामकहानी’को लगभग ४ करोड र ‘नाई नभन्नु ल ५’को साढे ४ करोड कमाई रहेको बताइयो । यो कलेक्सन पत्रकार अनुप भट्टराईले सार्वजनिक गरेका थिए ।

मानन्धरले १ करोड माथि ग्रस कलेक्सन गरेका फिल्म कुनै पनि रुपमा सुरक्षित नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्