‘छक्का पन्जा ३’ ले प्रमोसनलाई ब्यापक बनाउदै



रंगखबर, काठमाडौँ- यहि आउँदो बुधबार अर्थात् घटस्थापना देखि अल नेपाल प्रदर्शन हुन लागेको फिल्म छक्का पन्जा ३ले प्रमोसनलाई तिव्र बनाएको छ । यस अघि ट्रेलर र दुई वटा गीतका साथै एउटा प्रमोसनल गीत सार्वजनिक गरेर उत्कृष्ट प्रतिक्रिया बटुली रहेको फिल्म अहिले दर्शक माझ प्रतिक्षित पनि बनिरहेको छ ।

 

आज बिहिबार मात्र राजधानीका मुख्य केन्द्रमा रहेका भक्तपुरको गट्ठाघर, कोटेश्वोर र लगनखेलमा फिल्मको प्रचारका निम्ति सम्पूर्ण टिम सहितको टोलिले दर्शक सामु लाईभ कार्यक्रम प्रस्तुत गरेका छन । यस अघि पनि राजधानीमा विभिन्न प्रस्तुति दिदै आएको टिमले दर्शक माझ अझ धेरै अन्तरक्रिया गर्ने जानकारी पनि दिएको छ ।

दीपक-दिपाले निर्माण तथा दिपाश्रीको निर्देशन रहेको फिल्ममा सधै जस्तो कलाकारहरुको जम्बो टोलि नै रहेको छ । दूई वटा सिरिजमा दोहोरिदै आएका अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा राउतलाई यो सिरिजमा भने ऐश्वर्यबाट एकाएक चर्चामा आएकी अभिनेत्री दिपिका प्रसाईले रिप्लेस गरेकी छिन भने अरु कलाकार भने यथावत नै छन ।

प्रतिक्रिया दिनुहोस्