दि कर्मा गीत: नीताको जवानीमा बजार लाग्या छ !



रंगखबर, काठमाडौँ – फिल्म ‘दि कर्मा’को आइटम गीत रिलिज भएको छ । ‘बजार लाग्या छ…’ बोलको गीतमा नीता ढुंगानाले कसिलो ठुम्का लगाएकी छन् । गीतको भिडियोमा परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ पनि फिचरिङ छन् ।

भिडियोमा प्रस्तुत अवतारले परमिता माथि दर्शकको कौतुहलता जाग्न सक्छ । किनकि, उनि भिन्न अवतारमा छिन् । कोशिस क्षेत्रीको शब्द/संगीत रहेको गीतमा मनिषा पोखरेलले बोल्ड भ्वाइस दिएकी छन् । भने, रामजी लामिछानेको भिडियो निर्माण गरेका हुन् ।

फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको पनि अभिनय छ ।

देवकुमार श्रेष्ठ निर्देशित फिल्मको टिजर पनि सार्वजनिक भैसकेको छ । मंसीर ७ मा रिलिज हुने फिल्ममा अष्ट महर्जनको एक्सन, सुशील पोखरेलको पटकथा/संवाद, जयराज रोयको कथा, तारा थापाको सम्पादन र रामेश्वर कार्कीको छायाँकन छ ।

जयराज रायले निर्माण गरेको फिल्ममा निशा खतिवडा निर्मात्रीको रुपमा छिन् ।

https://youtu.be/Df75Pjs1_2c

प्रतिक्रिया दिनुहोस्