चङ्गामा चेट चर्चित कलाकार



रंगखबर, काठमाडौँ –  ‘पशुपति प्रसाद’बाट अत्याधिक लोकप्रियता कमाएका निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । ‘पशुपति प्रसाद’ पछिका फिल्ममा उनले आफ्नो नाम बेच्न छोडेका छैनन् । ‘चङ्गा चेट’को पोस्टरमा पनि दीपेन्द्रले ‘फ्रम द डाइरेक्टर अफ पशुपति प्रसाद’ लेख्न छुटाएका छैनन् ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार चङ्गामा चेट भएका छन्, अर्थात रमाइलो पोस्टरमा कलाकारको टाउको चङ्गामा सजाइएको छ । फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, शिशिर बाङ्देल, माओत्से गुरुङ, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, सरिता गिरी, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

‘गोजीमा दाम छैन…’ बोलको गीतले फिल्मको पब्लिसिटीमा सहयोग पुर्याएको छ । सबैको मुखमा झुन्डिन सफल गीत वर्षको हिट मध्येको एक हो । डार्क कमेडी जनरा भनिएको फिल्मका लेखक प्रदीप भारद्वाज हुन् । माधव वाग्ले र शर्मिला गुरुङले निर्माण गरेको फिल्म कार्तिक १६ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्