त्यो औँठी इन्गेजमेन्टको होइन – परमिता



रंगखबर, काठमाडौँ – अभिनेत्री परमिता राज्यलक्ष्मी रानाले मिडियामा आएका इन्गेजमेन्टको समाचार माथि खण्डन बोलेकी छन् । उनले आफ्नो २५ औँ जन्मदिन धुमधामका साथ मनाउँदा, प्रेमी हिसी लोसाङले औँठी लगाइदिएका थिए ।

परमिताले त्यसलाई हिसीको उपहार भन्दै, इन्गेजमेन्ट नभएको स्टाटस लेखेकी छन् ।

परमिता र हिसीबीच प्रेमचर्चा रहेपनि उनले सार्वजनिक गरेकी छैनन् । उनको भर्खरै मात्र प्रदर्शनमा आएको फिल्म ‘रोज’ बक्स अफिसमा असफल भएको थियो । आशा गरिएको फिल्मबाट सफलता हात पार्न नसकेकी परमिताले प्रेममा भने सफलता पाइरहेकी छन् । यसअघि आयुषमान देशराज जोशीसँग यी सुन्दरीको प्रेमलीला मौलाएको थियो ।

परमितासँग ब्रेकअप भएपछि आयुषमान प्रियंका कार्कीसँगको खुल्लमखुल्ला प्रेममा छन् । यस वर्ष इन्गेजमेन्ट गरिसकेको, यो जोडीले आगामी वर्ष विवाह गर्दैछ ।

तस्विर: परमिताको फेसबुक प्रोफाइलबाट 

प्रतिक्रिया दिनुहोस्