कमेडी मै ‘चङ्गा चेट’ ट्रेलर



रंगखबर, काठमाडौँ – फिल्म ‘चङ्गा चेट’को ट्रेलर रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलर पूर्णत: कमेडी बनाइएको छ ।

नेपाली फिल्ममा एक्सपेरिमेन्ट निर्देशकको रुपमा चिनिएका दीपेन्द्रले यसपटक वर्तमान अवस्थाको बजार भ्यालुमा आफुलाई ढालेका छन् । कमेडी, लोकसंगीत, मल्टीस्टार मिक्स फिल्मलाई दर्शकले रुचाइरहेका छन् । ‘चङ्गा चेट’ पनि यहिँ फर्मुला निर्माण भएको झल्को, ट्रेलरले दिन्छ ।

फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, शिशिर बाङ्देल, माओत्से गुरुङ, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, सरिता गिरी, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

डार्क कमेडी जनरा भनिएको फिल्मका लेखक प्रदीप भारद्वाज हुन् । माधव वाग्ले र शर्मिला गुरुङले निर्माण गरेको फिल्म कार्तिक १६ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्