‘पुरानो बुलेट’ कुदाउने को ?



रंगखबर, काठमाडौँ – फिल्म ‘पुरानो बुलेट’को टिजर रिलिज भएको छ । अनुपबिक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बुजस्ता कलाकार रहेको फिल्मको टिजरमा दर्शकले पुरानो बुलेट भन्दा अरु देख्न पाउने छैनन् ।

अनुपबिक्रम शाही लिड भएका कारण उनले नै बाइक कुदाएको अनुमान गर्न सकिन्छ । तर, उनको एक झल्को पनि प्रस्तुत  गरिएको छैन ।

भिसन राई निर्देशित फिल्ममा उत्तमजंग लिम्बुको संगीत, भिसन/सन्तोषको पटकथा/कथा, अर्जुन जिसीको सम्पादन र हरिघले लामाको छायाँकन छ । फिल्म रिलिज डेट भने तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्