कलाकार संघका अध्यक्ष बोगटीको असामयिक निधन



रंगखबर, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको असामयिक निधन भएको छ । प्रारम्भिक जानकारी अनुसार रुख ढलेर टाउको थिचिदा उनको निधन भएको बताएको छ । उनि मात्र ५८ वर्षका थिए ।

घटनाको बारेमा विस्तृत जानकारी बाहिरिएको छैन । अहिले संघलगायत नेपाली फिल्म क्षेत्रका केहि विशिष्ट कर्मीहरु ग्वार्कोस्थित बिएनबी अस्पतालमा जम्मा भएका छन् । घटना पश्चात बोगटीलाई बिएएनबी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनको मृत्यु भएको पुष्टि गरिसकेको छ । उनको पार्थिव शरीरलाई अहिले पोस्टमार्टमका लागि पठाईएको छ ।

बोगटीको निधनले नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्