आज घटस्थापनाको दिन, देशैभर ‘छक्का पन्जा ३’



रंगखबर, काठमाडौँ – वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा ३’ आज बुधबारबाट देशभर प्रदर्शनमा आएको छ । दीपाश्री निरौला निर्देशित फिल्म मल्टीप्लेक्सका अधिकाँस शोजसँगै सिंगलका सबै जसो पर्दामा प्रदर्शनरत छ ।

देशभर १ सय २५ बढी हल छन् । र, सबै हल ‘छक्का पन्जा ३’मय भएका छन् । ‘छक्का पन्जा’ले एतिहाँसिक व्यापार गर्ने अनुमान गरिएको छ । रिलिज अगावै मल्टीप्लेक्स शोजमा रेकर्ड राखेकोमा खुसि मनाउँदै नेपाली फिल्मकर्मीले ‘छक्का पन्जा ३’को पुर्वसन्ध्यामा एतिहाँसिक व्यापारको कामना गर्दै शुभकामना दिएका छन् ।

कमेडी फिल्मको ट्रेन्ड सेट गर्न सफल ‘छक्का पन्जा’ले १६ करोडको व्यापार गर्दै नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाईको रेकर्ड राखेको थियो । त्यस्तै गत वर्ष रिलिज भएको ‘छक्का पन्जा २’ले पहिलो दिन, पहिलो विकेन्ड र पहिलो सातामा सर्वाधिक कमाईको रेकर्ड राख्न सफल भएको थियो । यी रेकर्डलाई ‘छक्का पन्जा ३’ले ब्रेक गर्ने आशा गरिएको छ ।

फिल्ममा दीपकराज गिरी, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

October 2018
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

‘छक्का पन्जा ३’मा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

यो पनि पढ्नुस:-

Preview: ‘छक्का पन्जा ३’ले गर्ला त एतिहाँसिक कमाई ?

‘छक्का पन्जा ३’को अग्रिम बुकिङ खुल्यो, रिलिज अगावै रेकर्ड

प्रतिक्रिया दिनुहोस्