रेखा र लयलाई ‘हरितारा चलचित्र पुरस्कार’



रंगखबर, काठमाडौँ – यो वर्षको ‘हरितारा चलचित्र पुरस्कार अभिनेत्री/निर्देशक रेखा थापा र अभिनेता/निर्देशक लय संग्रौलालाई प्रदान गरिने भएको छ । पुरस्कार संरक्षक मनोज समसेर जबराको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि कलाकर्मीको नाम घोषणा गरेको हो ।

रेखा र लयले फिल्म क्षेत्रलाई करिब दुई दशकदेखि पुर्याएको योगदान स्वरुप ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गर्न लागिएको संस्थाले बताएको छ । दुवै जनाको पुरस्कार राशी जनही २५ हजार उल्लेख छ ।

त्यस्तै १० हजार राशीको ‘श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ यसपटक उत्तम केसी र विजय रत्न तुलाधरलाई प्रदान गरिने छ । भने, निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री शोभिता सिम्खडालाई ‘परिवर्तन सम्मान २०७५’बाट सम्मान गरिने प्बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्