‘बोबी’ले खोल्यो गोलाप्रथा, नर्वे घुम्ने भाग्यशाली को ?



रंगखबर, काठमाडौँ – असार २९ गते रिलिज भएको फिल्म ‘बोबी’ले नेपाली बक्सअफिसमा अप्रत्यासित व्यापार गर्यो । त्यसको असर विदेशी मार्केटमा देखियो । फलस्वरुप, ‘बोबी’ले युरोपलगायतका अन्य महादेशमा उत्साहजनक व्यापार गर्दै मुनाफा कमाउन सफल भयो ।

प्रचारताका निर्माण पक्षले दर्शकका निमित्त ‘बोबी हेरौँ, नर्वे घुमौँ’ नामक ‘स्किम’ घोषणा गरेको थियो । प्रदर्शनको करिब ३ महिना पछि फिल्मले उक्त ‘स्किम’को बक्स खोलेको छ । फिल्म हेरेर आफ्नो टिकटको फोटो खिची, ‘बोबी’को फेसबुकमा पठाएका करिब १ हजार मध्येबाट विजेता छानिएको हो ।

बिहिबार राजधानीमा प्रेस सम्हेलन गरि गोलाप्रथाद्वारा, निर्माण पक्षले विजेतालाई आफ्नो साथिसँग नर्वे घुम्ने अवसरको खुसि सुनाए । निर्देशक मिलन चाम्स, फिल्मकी कलाकार कविता गुरुङ र चलचित्र विकास बोर्डका पुर्वअध्यक्ष राजकुमार राई प्रेसमिटमा उपस्थित थिए । प्रमुख अतिथिस्वरुप निम्त्याएका राजकुमार राईले गोलाप्रथाबाट भाग्यामानीको नाम निकाले ।

प्रदेश नम्बर १ झापा जिल्लाका राजेश लिम्बु ‘राज’ गोलाप्रथाबाट भाग्यमानी चुनिए । उनले फोन मार्फत आफ्नो पत्नीलाई लिएर नर्वे घुम्ने बताए ।

गोलाप्रथाद्वारा विजेता बनेका राजेश लिम्बु

युकेमा ‘बोबी’को रेकर्ड 

विदेश प्रदर्शनमा राम्रो नजिता ल्याउने क्रममा ‘बोबी’ले युकेमा अहिलेसम्मकै सर्वाधिक कमाई गर्न सफल भएको निर्माण पक्षले जानकारी दियो ।

नेपालबाट लगानी रिकभरको नजिक पुगेको फिल्मले युकेमा मात्र १७ लाख कमाईको रेकर्ड राख्न सफल भएको छ । युकेमा नेपाली फिल्मले, यो नै सर्वाधिक कमाई गरेको निर्माण पक्षको दावी छ ।

नर्वेमा बस्ने कविता गुरुङ र उमेश थापाको रियल कथामा आधारित ‘बोबी’मा रियल जोडीले नै अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्