पहिलो सातामै लगानी उठाउँन कति कमायो ‘जय भोले’ले ?



रंगखबर, काठमाडौँ – फूलपातीमा रिलिज भएको फिल्म ‘जय भोले’ले पहिलो सातामा नै लगानी रिकभर गर्न सफल भएको छ । व्यापारमा पारदर्शिता भन्दै निर्देशक अशोक शर्माले प्रेस माझ एक हप्ते ग्रस सार्वजनिक गरे ।

दोस्रो सातामा देशभरका ११८ हलमा प्रदर्शनरत रहेको फिल्मले पहिलो साता ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँ ग्रस बटुल्न सफल भएको छ । ‘१ करोड ३५ लाख बजेट पहिलो साता नै सुरक्षित गरेर, हामी दोस्रो सातामा नाफाको बाटोमा हुनेछौँ ।’ निर्देशक शर्माले मिडिया माँझ खुसि साटे ।

साथि र प्रेमको कथालाई कमेडी ढंगबाट प्रस्तुत गरिएको फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्दि तामाङ, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका छ ।

‘जय भोले’ले दर्शकबाट मिश्रीत प्रतिक्रिया पाइरहेको छ । राम्रो शोज र हल संख्याका साथ रिलिज भएको ‘जय भोले’को व्यापारमा ‘छक्का पन्जा ३’ले असर गरेपनि पहिलो साताको कलेक्सनलाई राम्रो मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्